• २०८३ बैशाख ३१ गते बिहिवार

राष्ट्र बैंकले माग्यो ३ जना इन्जिनियर र १० जना चालक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको छ । स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् । सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।

यता सवारी चालक पदमा कम्तिमा १० वर्ष सवारी चालक अनुभव भएको र ४५ वर्ष ननाघेकाले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । चालकको तलब २८ हजार र खाजा खर्च २ हजार तोकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस