• २०८३ जेष्ठ ४ गते सोमवार

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ७, काठमाडौँ । रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ ।

भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ । अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम (उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ।)

Sharing

प्रतिक्रिया दिनुहोस