असोज ६, काठमाडौँ । कान्ति बाल अस्पतालले गरिब तथा विपन्न बालबालिकाका लागि आकस्मिक सेवा निःशुल्क दिने भएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामी बालबालिकाका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।