आश्विन २, भक्तपुर। भक्तपुर मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ । ७ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ती पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो ।
वीर अस्पतालमा उपचारकै क्रममा उनको आज मृत्यु भएको जनाइएको छ । मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु होम आइसोलेसनमै रहेको जनाइएको छ । यससँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृ’त्यु हुनेको संख्या १७ पुगेको छ ।