असार २९, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो ।

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङका अनुसार सर्वोच्च अदालतको फैसला लगायत समसामयिक विषयमा निर्णय गर्न केन्द्रीय कार्यकारिणी समिति बैठक बस्न लागेको हो । आज बस्न लागेको जसपा केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागिताबारे पनि निर्णय गर्ने जनाएको छ। बैठकले सरकारमा पठाउने मन्त्री पनि छनोट गर्ने जसपाका एक नेताले बताए।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै आज साँझ ५ बजेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार आज प्रधानमन्त्रीको नियुक्तिसँगै केही मन्त्री नियुक्त गर्ने तयारी छ।