भदौ ३०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ३ सय ७५ नमुना परीक्षण गर्दा १४ सय ५९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।मन्त्रालयका अनुसार आज १ हजार ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४० हजार ६ सय ३८ जना रहेको छ । काठमाडौँ उपत्यकामा थप ६७६ जना कोरोना भाइरस पुष्टि भएको छ ।


