• २०८३ असार ७ गते आइतवार

कविता : “मृत्यु-धुर्बसत्य”

विमल अर्याल पढ्न लाग्ने समय : १ मिनेट

किन्चित्त एउटा स्वशसंगै ब्याप्त हुने
अनबरत निर्जीव परिदृश्यहरु, फरफराइरहने
बुलन्द तर मृत घोषित छातीका उपर
सालबलाइरहने एक टुक्रो खास्टोसंगै
इहलिलाको अन्तिम घोषणा, सजिब जस्तो उदेक।

घच्य्याघमासानको बाहिरी आवृतसंगै नाचीरहनथ्यो
जस माथि अनेक ब्याख्यान विचारमग्न हुन्थे होला
ति पृथक रहन्थे होला जसै संसार बिचित्र छ
त्यो आंसिक भूगोल हुदो हो जसमा बथान थे
त्यै भित्रको उसको त्यो ब्रह्माण्ड हुदो हो।

अचाक्ली आशा र रहरहरुका गुन्टा थिए होला
सोध, प्रतिसोध, प्रितीबोध संगै चल्ने
अनवरत रहीरहला झैँ बैसालु पाइला जस्ता
कडी यस्तै हुदो हो जीवनभर यसको एक हेक्का रहेन
खयर यी सब अवशेष पर्यन्तपश्चात जीवाशेष भए।

आज फेरि त्यै माथि मलिन अनुहारहरुको एकोहोरो
द्रिस्टिगत छ, तिनका निधार खुजमुज्जीएका छन्
हावामा एक तमतमिलो ह्वास्स ब्याप्त छ
शिरोपर रागडीएको झिल्को तरङ्ग बेगबान बनेको छ
निरिह, निस्प्राण आज त्यो सत् मृत्यु भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस