• २०८३ कार्तिक २१ गते शुक्रवार

नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २ हजार ३ सय ४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३, काठमाडौँ। नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २ हजार ३ सय ४ जना पुगेको छ । जसमध्ये १३ सय चारजना सक्रिय संक्रमित छन् । एक हजार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ र काठमाडौं उपत्यकाका ६९८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १४२ , प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ७२, गण्डकीमा ८३, प्रदेश ५ मा १०९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस