• २०८३ असार १४ गते आइतवार

गजल ! “पानीको धनीछम संसारको नजर मा”

सुरे शकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

पानीको धनीछम संसारको नजर मा,
काकाकुल रुन्छ बिना पानी बगर मा।

धर्मकै नाउँमा एक मट्का पानि राखे,
तिर्खा मिटाई दिन्छ माझिले रहर मा।

काम दिन्न सरकारले न मानो नछानो,
फुटेका हात खुट्टा रगत छैन अधर मा।

जनता वीर छन यो देशका नागरीक,
त्यसैले सिरुपाते खुकुरीछ कंमर मा।

बनाका कण्ठमूल खोजे जस्तो होईन,
परदेशी फर्किदा लुट्टिन्छन बौडर मा।

भ्रष्टचार र महेँगी बलत्कार बढ्दै छन,
समानता मुलक समाबेसीछ खबर मा।

कति खायो ठोक्कर यो सेते लाई सोध,
अँझ कति देख्नुपर्ला जिवन सफर मा।

Sharing

प्रतिक्रिया दिनुहोस