असोज ११, काठमाडौं । नेकपा माओवादी केन्द्रले तल्ला तहका सम्मेलनहरु सार्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि तय भएको महाधिवेशनलाई प्रभावित नपार्ने गरि तल्ला तहका सम्मेलन केही पर सार्ने निर्णय गरेको हो ।

कात्तिक ६ गते टोल, १३ वडा सम्मेलन र मंसिरमा ४ स्थानीय पालिकाको अधिवेशन गर्ने स्थायी कमिटी सदस्य देव गुरुङल बताउनुभयो । प्रदेश र केन्द्रको अधिवेशन चाँही नसार्ने उहाँको भनाइ छ ।