• २०८३ बैशाख ११ गते शुक्रवार

प्रधानमन्त्री नरेन्द्र मोदीसंगको तीन पटकको एक्लाएक्लैको भेटपछि विग्रन लागेको परिस्थिति सहज बनेको प्रचण्डको भनाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक भेट गरेपछि मात्रै धेरै कुराको लागि वातावरण सहज बनेको बताएका छन् । आज नयाँदिल्लीमा उनले नेपाली पत्रकारसंग गरेको कुराकानीमा समकक्षी नरेन्द्र मोदीसंग एक्लाएक्लै तीन पटक भेट गरेर विग्रन लागेको परिस्थितिलाई धेरै कुरामा सहज बनाएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने,‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’ बिहीबार नेपाल र भारतीय प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनको क्रममा नेपाल र भारतबीच ऊर्जा र पारवहन लगायत सातवटा विभिन्न विषयमा सम्झौता र समझदारी भएको छ । जसमा उर्जा र पारवहन क्षेत्रमा गरिएको सम्झौता नेपालका लागि दीर्घकालीन र लावदायी रहेको नेपाली पक्षको धारणा छ । नेपालले उठाउँदै आएको सीमा विवादको विषयमा कुनै सम्झौता नभए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमा समाधानबारे प्रथम पटक बोल्नुलाई प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण मानेको पनि उल्लेख गरिएको छ ।

प्रचण्डले आज मध्यप्रदेशको इन्दोर भ्रमण गर्दैछन् । जेठ १७ गते भारतको निम्तोमा चारदिने भ्रमणका लागि नयाँदिल्ली पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि टोलीको शनिवार नेपाल फर्किने कार्यतालीका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस