• २०८३ कार्तिक २१ गते शुक्रवार

धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९,धनुषा । धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो ।


तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस