• २०८३ बैशाख २६ गते शनिवार

जो सुकैले गरे पनि सबैलाई कानूनी दायरामा ल्याएरै छोड्ने : एसएसपी ढकाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८ , ललितपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको बताउदै जो सुकैले गरे पनि सबैलाई कानूनी दायरामा ल्याएरै छोड्ने बताएका छन ।

ललितपुर प्रहरीले पनि जवान घिमिरेमाथि कुटपिट गर्नेको खोजी थालिएको छ । महामारीमा फ्रन्टलाइनमा खटिनेलाई सरकारले अतिरिक्त भत्ता दिने घोषणा गरे पनि सुरक्षाकर्मीले अझै पाएका छैनन् । यस्तो अवस्थामा पनि महामारीविरुद्धको प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटक पटक दुर्व्यहार हुने गरेको छ ।

महामारी नियन्त्रणका लागि उपत्यका प्रशासनले बुधबार राति १२ बजेदेखि लागू हुने गरि साता व्यापी निषेधाज्ञाको आदेश जारि गरेको छ । यसअघि दुई साता पनि निषेधाज्ञा लागू गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस