भदौ १४, बाजुरा । युवा सजगता अभियान बाजुराको संयोजजकमा नेपाली काँग्रेस बाजुराका युवा नेता हिरेन्द्र रोकाया चयन भएका छन् । रोकाया हाल नेपाली काँग्रेसको भातृ संघ नेपाल तरुण दल बाजुराको सचिव तथा रेडियो पौरखी बाजुराको संचालक समितीको सचिव समेत रहनुभएको छ ।

संगठन विस्तार , नीति , योजना तथा कार्यक्रम संचालनको लागि सुदुर पश्चिम प्रदेशको बाजुरा जिल्लाका संयोजकमा हिरेन्द्र रोकाया चयन भएका छन् । सुदुरपश्चिम प्रदेशका संयोजक ई भुवन भट्ट रहेका छन् । युवा जागरण अभियानका केन्द्रिय संयोजक चिन्तन पौडेलको हस्ताक्षरित बिज्ञप्ति मार्फत आज प्रदेश ७ का जिल्ला संयोजक तोकेको थियोे । लोकतन्त्रको रक्षा,सामाजिक न्याय र देशभरका युवा लाई एकिकृत गर्दै नेपाली काङ्ग्रेसको लक्ष्य लाई सिखरम पुर्याउन युवा जागरणले अतुलनीय योगदान दिने गरी संयोजकमा नियुक्ती गरेको हो ।

त्यस्तै युवा सजगता अभियान अछामको संयोजकमा सञ्चारकर्मी सुशील भण्डारी चयन भएका छन् । नेपाल प्रेस युनियन अछामका सचीव एवम् सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका भण्डारी लाई अभियानको संयोजकमा चयन गरिएको हो । अभियानले विभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गर्ने क्रममा अछाम जिल्ला संयोजकको जिम्मेवारी भण्डारीलाई प्रदान गरेको हो ।

जिल्ला संयोजकको नेतृत्व पाएका भण्डारीले छिट्टै जिल्लामा संगठन विस्तार गर्ने बताएका छन् । उनले कोरोना महामारी सहज भएपछि युवाहरूलाई सामाजिक कार्यमा अग्रसर गरि रचनात्मक क्रियाकलापहरु गर्ने,युवाका लागि बैचारिक विकास, क्षमता तथा नेतृत्व अभिवृृद्धिका लागि विभिन्न कार्यक्रमहरु चलाउने बताएका छन् । युवा सजगता अभियानले देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने,सामाजिक कार्य गर्दै आएको छ । अभियानको केन्द्रीय अध्यक्ष चिन्तन पौडेल रहेका छन् ।