• २०८३ जेष्ठ ७ गते बिहिवार

थप ११ जनाको कोरोनाबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २ जना महिला र ९ जना पुरुष रहेका छन ।

मृत्यु हुनेमा मोरङका ४६ वर्षिया १ महिला भक्तपुरको ५३ वर्षिया एक महिला, कैलालीका ५० र ४५ वर्षिया दुईजना पुरुष, महोत्तरीको ६०, ६२ र ७५ वर्षका तिन पुरुष, बाँकेको ३७ वर्षिया एक पुरुष, काठमाडौंका एक जना ५१ वर्षिया पुरुष र बाराको ४१ र ४६ वर्षिया दुई जना पुरुषको मृत्यु भएको हो । योसँगै मृतकको कुल संख्या १७५ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस