• २०८३ बैशाख १७ गते बिहिवार

काठमाडौं उपत्यकासहित बागमतीमा घट्यो गाडी भाडा [सूचीसहित]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।

काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाइएको छ ।

उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ। हाल २० रुपैयाँ छ।

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

नयाँ भाडादर सूची-

Sharing

प्रतिक्रिया दिनुहोस