फाल्गुन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बिरु तामाङलाई पदबाट हटाउनु भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले तामाङलालई माघ ३० गतेदेखि नै लागु हुनेगरी पदबाट हटाउनु भएको हो ।

तामाङलाई गृहमन्त्रालयले संवेदनशील सुचनाहरु प्रचण्ड-नेपाल समुहमा पुर्याएको आरोप लगाएको छ । त्यस्तैगरी ओलीसमुहतिर रहेर तामाङले युवा संगठनमा भाँडभैलो गरेको गृहमन्त्री थापा निकट स्रातले बताएको छ । उहाँ गृहमन्त्री थापाको पदबहालीसँगै स्वकीय सचिवमा नियुक्त हुनु भएको थियो ।