• २०८३ बैशाख १६ गते बुधवार

स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ७ , पर्सा । स्रोत नखुलेको १६ लाख रुपैयाँ बारा प्रहरीले बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले रकम बरामद गरेको हो ।

पश्चिम बेनौली चोक तर्फबाट आएको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा चालकले बोकेको रातो पहेलो रंगको झोला फाली फरार भएका थिए । झोला नियन्त्रणमा लिएर हेर्दा नेपाली १ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रकम फालेर भाग्ने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस