• २०८३ बैशाख २६ गते शनिवार

गजल ! “देश भित्र बिदेशी कारोबार भएपछि”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

देश भित्र बिदेशी कारोबार भएपछि,
कसरि उठ्ला यो नाङ्गेझार भएपछि।

नीति बेमेल मात्र कुर्चिको खेल भयो,
सन्धि सम्झौतामै सदै हतार भएपछि।

कसरी हुन्छ बिकास पाउँछौ निकास,
सक्यो राजनीति मै ब्यापार भएपछि।

जोगाउँन त धौ-धौ भएकैछ देश लाई,
छिमेकमा दुश्मनहरु खुखार भएपछि।

दिनको घाम जस्तो छर्लङ्गैछ सदैभरी,
लुटा मार भ्रष्टचारी ब्यबहार भएपछि।

जनताले देशमा जनतन्त्र ल्याउँन लडे,
घुम्छ नेताको प्रतिगामि प्यार भएपछि।

ठाउँ ठाउँमा अतिक्रमण हुँदै गयो देश,
हाम्रो सदैको सरकार लाचार भएपछि।

कसरी रहला स्वतन्त्र राष्ट्र संसार भित्र,
साम्राज्यावादी ले भने नुसार भएपछि।

यस्तै भए छिट्टो क्रान्ती बेगुल फुक्छन,
देशभित्र जनताको हाहाकार भएपछि।

फौलादलाई पिटिरहे गर्धन काट्ला नी,
हजूर त्यो दुई धारको तलवार भएपछि।
सुरेशकुमार पान्डे।२३-०८-२०२०,

Sharing

प्रतिक्रिया दिनुहोस