• २०८३ बैशाख २२ गते मङ्गलवार

धनगढीमा विद्यालयका सञ्चालक र शिक्षिकामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 भदौ ६  , धनगढी । धनगढीमा छुट्टाछुट्टै विद्यालयका सञ्चालक र शिक्षिकामा कोरोना संक्रमण देखिएको छ। शनिवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक विद्यालयका सञ्चालक र अर्को छुट्टै विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिकामा कोरोना भाईरस पुष्टि भएको हो।विद्यालयका सञ्चालक वडा नम्वर १ का ५१ बर्षीय पुरुष हुन् भने विद्यालयकी शिक्षिका वडा नम्वर ५ की ३५ बर्षीया महिला हुन्। शिक्षिकालाई धनगढी उप–महानगरपालिकाले होम आईसोलेसनमा बस्न सुझाएको छ।


विद्यालयका सञ्चालक भने आफन्तको उपचारका लागि आज मात्रै काठमाडौँ पुगेका छन्। उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन्। योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ७६ पुगेको छ। ति मध्ये २२ जनाको बाह्य ट्राभल हिस्ट्री छैन्।

Sharing

प्रतिक्रिया दिनुहोस