• २०८३ बैशाख १४ गते सोमवार

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, धरान । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान-१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो । उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो ।


शनिबार दिउँसो १२ बजे मृत्यु भएको हो । यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १५ पुगेको छ । उनीहरुमध्ये १३ जना मोरङका हुन् भने दुई जना सुनसरी धरानका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस