• २०८३ बैशाख १३ गते आइतवार

पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ६,,चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस