• २०८३ असोज ६ गते मङ्गलवार

पाईलट हुँ भनि महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गर्ने मानिस पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ४ , काठमाण्डौं । बिगत १ बर्ष अगाडी देखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफुलाई नेपाल एयर लाइन्सको पाइलट हुँ भनि प्रलोभनमा पारी महिलाहरुको साथमा रहेको सुनको गर गहनाहरु लुटपाट गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पता लगाए ।

मकवानपुर जिल्ला, नामटार २ घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा न.पा.वडा नं ८ वस्ने वर्ष २३ को रोहिन जंग शाह भन्ने रबिन सुनुवारलाई मिति २०७७- ५- २ गते निजको डेराकोठावाट पक्राउ गरिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा निजले केही महिलाहरुबाट अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र २ दुई थान मोबाईल सेट समेत लुटपाट गरेको खुल्न आएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस