भदौ ४ ,तेह्रथुम । स्वास्थ्य कार्यालय तेह्रथुमका अनुसार परीक्षणका लागि जिल्लाबाट ७४ नमूना धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रयाेगशालामा पठाइएकाेमा ६७ वटाकाे रिपाेर्ट प्राप्त भएकाे छ । जसमध्ये ९ जनामा काेराेना पाेजेटेभि र ५८ जनाकाे रिपाेर्ट भने नेगेटिभ देखिएकाे हाे । बाँकी ७ जनाकाे रिपाेर्ट अ।एकाे छैन ।

कार्यालयका अनुसार संक्रमण पुष्ट हुनेमा २५ वर्षदेखि ५४ वर्ष उमेर समूहका ३ महिला र ६ जना पुरुष रहेका छन् ।