भाद्र २, बाजुरा । श्रावण २५ गते राती आएको अविरल संगैको बाढीले प्रभावित बनेका क्षेत्रको अवलोकन गर्न नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा सहितको टोली बाजुरा पुगेको छ । बुढीगंगा नदिको क्षेत्रमा रहेका बस्तिका प्रभाबित परिवारलाई अवलोकन संगै राहत तथा उद्दारका लागी गृहमन्त्री सहितको टोली बाजुरा आएको हो ।
टोलिले जिल्लाका बाढी पहिरो प्रभाबित क्षेत्र गौमुल गाउपालिकाको सिमखेत, बडिमालिका नगरपालिकाको घागर,बुढीगंगा नगरपालिकाको सेरा र पुर्बि उत्तरी क्षेत्रको पिलुचौर लगाएतका ठाउँका स्थलगत अनुगमनका लागी १ः१५ मा समरजित गुल्म थापाथली ब्यारेक बाजुरामा अबतरण भएको थियो । यस अघि हेलिकप्टर मार्फत बाजुराका बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्दार गर्न बाजुरा आउने भनिएको भए पनि प्रतिकुल मौषमका कारण गृहमन्त्री सहितको टोली बाजुरा आउने कार्यक्रम रोकीएको थियो ।
मंगलबार मौसममा केही सुधार आएकाले टोली बाजुरा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। मंगलबार नेपाली सेनाको हेलिकप्टरमा नेपाल सरकारका गृगमन्त्री रामबहादुर थापा, बाजुराबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा सुदुरपश्चिम प्रदेश सराकरका गृहमन्त्री प्रकाशबहादुर शाह, पुर्ब उद्योग मन्त्री तथा नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, नेपाल सरकारका गृहमन्त्रीका स्वकिय सचिव किरण भट्टराई लगाएत नेताको टोली बाजुरा पुगेको हो ।