• २०८३ जेष्ठ २२ गते शुक्रवार

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, सिमकोट । हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।

आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लागएका छन् । सोमबार सिमकोट गाउँपालिका- ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप लगाउन सुरु गरिएको हो ।

आज सञ्चालन भएको खोप अभियानलाई स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख सिंहले प्रेमबहादुर सिंहले अनुगमन गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस