भदौ १,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, चिकित्सक र पत्रकार सहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो ।

साउन २६ गते पोखरिया नगरपालिकाका मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्न पठाइएको कोरोना रिपोर्ट आइतबार साँझ ३३ जनाको पोजिटिभ आएको छ । यस्तै मेयर रौनियारका परिवारका सबै सदस्यसहित स्वकिय सचिव राजु रौनियार र गाडीका चालक पनि कोरोना संक्रमित भएका छन् । मेयर रौनियारलाई ज्वारो र खोकी लागेपछि उनी आफूसहित आफ्नो परिवारको सबै जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गराएका थिए ।