• २०८३ बैशाख ९ गते बुधवार

पुनरकर्जाका लागि आवेदन आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।

यसका लागि असोज १४ सम्म आवेदन बुझाई सक्नु पर्ने राष्ट्र बैंकले बताएको छ । सूचना उल्लेख भए अनुसार बैंकहरले नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिमको ढाँचाको आवेदन, इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय र शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची समेत संलग्न राखी आवेदन दिनु पर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस