मंसिर २, काठमाडौँ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने बैंकका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सर्वाधिक आयकर दाखिला गरेबापत बैंकले नेपाल सरकारबाट नवौँ पटक यो सम्मान प्राप्त गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१÷८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०८२÷८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाइ दाखिला गरेको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीलाइ सम्मानपत्र हस्तान्तरण गरेका छन् ।
सम्मान ग्रहण गर्दै चौधरीले यो उपलब्धि बैंकका कर्मचारीको योगदान र ग्राहकले देखाएको विश्वासको प्रतिफल भएको बताएका छन् । उनले करदाताका रूपमा आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवार बैंकिङ अभ्यासमार्फत मुलुकको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले एनबैंक सञ्चालनमा ल्याएको छ । पारदर्शी व्यावसायिक अभ्यास र दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा पनि आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।