बैशाख २१ मुगु । मुगुमा एक स्थानीय तहमा राहतको नाममा कुहिएको चामल वितरण गरेको पाईएको छ । बिश्वभरी महामारिको रुपमा फैलिएको नोवेल कोरोना भाईरस कोभिड १९ बाट बच्नको लागी नेपाल सरकारले लकडाउन गरे पछि दैनिक मजदुर गरेर जिवन चलाई रहेने र अन्य खान पिनमा समस्या आएका ब्यक्ति र समुदायहरुलाई देश भरी राहात बितरण गर्ने ठूलो होड बाजी चलिरहेको बेला मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिका वडा नम्बर ११ ले बैशाख १२ गते देखी १६ गते सम्म बितरण गरिएको राहात चामल कुहिएको र किरालागेको भेटीएको छ ।

वडा नम्बर ११ मा रहेका २ सय ३४ घर परिवार, २ जना स्वास्थ्यकर्मी ,२ बोरा तिर्थसैन गौचनमा , ३ जना पूर्ण अपाङ्ग र ५८ जना जेष्ठ नागरिक लाई गरि जम्मा नेपाल खाद्यान्न सस्थान नाम लेखेका ३० केजीका २५० प्याक बितरण गरिएका मध्ये १० बोरा कुहीएको चामल भेटिएको सोरु गाउपालिका वडा नं वडा अध्क्षय अकवर शाहीको घरमा फिर्ता आएको छ । भने अन्य किरालागेको खाद्यान्नको चामल केलाइ र पानिमा धेरै पटक पखाली स्थानीयहरु सो चामलको भात खादै आईरहेका छन् ।

बितरण गरेको चामल केही चामल कुहीएको र धेरै जनाको भागमा परेको चामल (घुन) नामक किरा लागेको चामल वितरण गरिएको छ । किरा छाने र केलाएर ३ । ४ पटक पानि पखालेर खाने गरेका छौ भात खादा अमिलो(चुक्कीलो)हुर्ने स्थानिय बासीहरुको गुनासो रहेको छ । कुहिएको र किरा लागेको चामलको लेवलिङ्ग स्टिकरमा भर्ति गरेको मिति २०७५।१०। १ र ११ । १ लेखीएका छन । कहिले सम्म प्रयोग गर्न सकिन्छ ।

म्याद जाने समय कुनै पनि उल्लेख गरिएको छैन । राहातको चामल बितरण गर्दा कुहिएको र किरालागेको जिल्लामा थाहा भएपछि जिल्ला समन्वय समिती बाट अनुगमन गर्न जादा १० बोरो चामल कुहिएको र अन्य घरमा बुझ्दा किरा परेको देखीयो नमुनाको लागी केही घरमा बुझ्दा हेर्दा पनि भात पकाएर खादा अमिले हुर्ने ,किरा लागेको देखीन र बुझ्न आएको अनुगमनमा जानु भएका जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी भिमराज सेजुवालले बताए । वडा कार्यालयले बितरण गरेको खाद्यान्न चामल २३४ घर परिवारलाई बितरण गरिएको चामल गमगढी खाद्यान्न सस्था बाट ल्याएको २५० बोरा हो गाँउमा बितरण गर्ने क्रममा सुरुमा २ बोरा कुहीएको, गनाएको ,डल्ला परेको भेटीए पछि जनताहरुलाई कुहीएको चामलको बोरा र्फिता गर्ने र अरु जानकारी गराएको र किरालागेको चामल ठिक भएको र पखालेर खाने गरेको स्थानिय बासीहरु सोरु गाँउपालिका वडा नम्बर ११ का वडा अध्क्षय अकवर शाहीले बताए ।
सोरु गाँउपालिका वडा नम्बर ११ वडामा राहातको लागी सदरमुकाम बाट १ सय ९० बोरा र कालै डिपो बाट ठेकादार बाट सिधै ६० प्याक वितरण गरिएको थियो । बिक्रि भएको चामल कुहिएको भएको जिल्ला समन्वय बाट गएको अनुगमन टोलीको अनुगमन प्रतिबेदन कार्यालयमा आउदा पछि चामल कुहीएको थाहा भो त्यसपछि मार्थिल्लो निकाय सम्म समन्वय गर्दा कुहीएको चामल र्फिता सस्थानले गर्ने र अरु नयाँ सफा चामल दिने कुरो भएको भएको छ । जिल्लामा रहेको गोदामको समस्या नभएको बिच बाटोमा ढुवानिमा गर्दा खच्चर ट्याक्टर बाट ढुवानि गर्दा समस्या भएको हुन सक्र्ने खाद्य ब्यावस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा मुगुका निमित्त शाखा प्रमुख पुस्कर भामले बताए ।
राहातको खाद्यान्न बितरणमा कुहीएको बितरण भएको फोन मार्फत जानकारी आउदा जिल्ला समन्य प्रमुख संग सल्लाह गरी अनुगमनमा पठाउदा बितरण गरिएको खाद्यान्न केही कुहीएको र किरालागेको प्रतिबेदन अनुगमन टोलीले पेश गरेको छ । तत्काल जिल्लामा रहेको खाद्य ब्यावस्था तथा ब्यापार कम्पनिलिमिटेड शाखा मुगुमा र ठेकेदारको गोदममा केही अनुगमन गदाई ठेकेदारको लापरवाई होकी भन्ने संका यपसंका जागेको थियो । कुन ठाँउ बाट कमजोरी भएको यो यसको छानबिन गर्नको लागी सहायक प्राुख जिल्ला अधिकारीको संयोजकमा एक टोली गठन गरिएको छ । टोलीको प्रतिबेदन अनुसार कारकाहि अघि बढाईने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरैलाले जानकारी दिए ।