भदौ १,काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हिरासतमा रहेका एक पुरुषमा कोरोना देखिएको हो ।

कोरोना देखिएपछि वृत्तमा रहेका अन्य १७ जना थुनुवाको समेत कोरोना परीक्षण गर्ने तयारी भएको छ ।