• २०८३ कार्तिक २८ गते शुक्रवार

घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित दुर्घटनास्थलमा उद्धार गर्न पुगेका सुरक्षाकर्मीले अत्यन्तै कठिन परिस्थितिको सामना गर्नुपरेको छ । ठाडो र भिरालो भूभागका कारण उद्धारमा खटिएका सुरक्षाकर्मीले घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्नुपरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बताए ।

एसपी खत्रीका अनुसार दुर्घटनास्थलमा डोरीसमेत पु¥याउन कठिन भएपछि मृतकका शव सुरक्षित रूपमा माथि ल्याउन विभिन्न उपाय अपनाइएको थियो। डोकोमा शव राखेर भिरबाट माथि ल्याउने प्रयाससमेत गरिएको थियो । तर, अत्यन्तै अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पाँच मिटरभन्दा अगाडि बढाउन सम्भव भएन।’

No photo description available.

दुर्घटनास्थलको माथिल्लो भागबाट ढुङ्गा खस्ने जोखिमसमेत उत्तिकै थियो। जोखिमपूर्ण अवस्था हुँदाहुँदै पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका सुरक्षाकर्मी उद्धार कार्यमा दिनभर खटिएका थिए।

May be an image of tree

भिरालो भूभाग, कमजोर पहाडी संरचना र माथिबाट खस्न सक्ने ढुङ्गाको जोखिमका बीच सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर उद्धार कार्यलाई निरन्तरता दिएका थिए।

May be an image of climbing, grass and tree

दुर्घटनापछिको उद्धार कार्य भौगोलिक कठिनाइ र जोखिमका दृष्टिले निकै चुनौतीपूर्ण बनेको थियो।

 

Sharing

प्रतिक्रिया दिनुहोस