• २०८३ असार ८ गते सोमवार

आएपिएल  : मुम्बईले पायो २७८ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य दिएको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको हो।

हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे। एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४२ रन बनाए। हैदरावादले पहिलो विकेट ४५ रनमा गुमाएको थियो। पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाल ११ रनमा आउट भए। त्यसपछि कृजमा आएका हेड र शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेड आठौँ ओभरको पाँचौँ बलमा हेड ६२ रनमा आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए। उनी जेराल्ड कट्जीको बलमा शट थर्डमा नमन धीरबाट क्याच आउट भएका हुन्।

शर्मा भने ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। पियुष चावलाको बलमा शर्मा डीप मिड विकेटमा धीरबाट ६३ रनमा क्याच आउट भए। शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।

Sharing

प्रतिक्रिया दिनुहोस