• २०८३ मङ्सिर ६ गते शनिवार

ओली पाँच वर्ष प्रधानमन्त्री रहनुपर्छ : नेता रायमाझी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री रहनुपर्ने बताएका छन ।

अर्घाखाँचीमा भएको एक कार्यक्रममा बोल्दै नेता रायमाझीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा सचिवालय बैठकले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बनाएकाले सोही अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले सहमति विना ओलीले राजीनामा दिन नहुने पनि स्पष्ट पारेका छन ।उनले भने, ‘आलोपालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्व–सहमतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्छ ।

रायमाझीले सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेको टिप्पणी समेत गरेका छन्। पार्टीको अन्तरविरोध भन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको पनि नेता रायमाझीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस