• २०८३ जेष्ठ ७ गते बिहिवार

सुरेन्द्रको जोक्न पाए हुन्थ्यो

सुरेन्द्र शाही (गुलाब कान्छो) पढ्न लाग्ने समय : १ मिनेट

इज्जतको तुलोमा औकात जोक्न पाए हुन्थ्यो
प्रेमरुपी मायाको सौगात जोक्न पाए हुन्थ्यो ।
के धाक लगाउँछ्यौ मैयाँ कलियुगमा धनको,
कति थियो पैसाको खात जोक्न पाए हुन्थ्यो ।।

सर्बव्यापी सबै हुन्छ भन्ने कहाँ छर दुनियाँमा,
सकेत सिउँडीका ती पात जोक्न पाए हुन्थ्यो ।।
धन ठूलो या त माया ठूलो के रैुछ बुझ्नलाई,
तिमीसँगै म बसी दिनरात जोक्न पाए हुन्थ्यो ।।

Sharing

प्रतिक्रिया दिनुहोस