• २०८३ असार १५ गते सोमवार

माओवादीले बाबुरामको पार्टीलाई दियो संघ र प्रदेशमा ६ सीट, यी हुन् उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौं ।  नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभामा २ सीट र प्रदेशसभातर्फ ४ सीट दिएको छ ।

प्रतिनिधिसभामा सर्लाही-२ मा महिन्द्र राय यादव र काठमाडौं-७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन् । उनीहरु दुवैजनाले माओवादीको चुनाव चिन्ह प्रयोग गरेका छन् ।

यस्तै, प्रदेश सभातर्फ नेता गंगानारायण श्रेष्ठ सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क)बाट फणिन्द्र देवकोटा उम्मेदवार छन्।

नवलपरासी पश्चिम क्षेत्र नम्बर २ को प्रदेश सभा (क)बाट चिनक कुर्मी, सर्लाही-२ को प्रदेश (क)बाट सुनिल साहले उम्मेदवारी दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस