साउन २३, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।निर्देशक डाक्टर विष्णुप्रसाद शर्माका अनुसार अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए ।
यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।