• २०८३ जेष्ठ ३ गते आइतवार

३३० पुग्यो  नेपालमा कोरोना संक्रमित प्रहरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३ काठमाडौँ । देशभर ३३० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं उपत्यकामा ९ जना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् । यसबाहेक अरु संक्रमित उपत्यकाबाहिरका छन् ।

३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको जनाइको छ । हाल प्रहरी प्रधान कार्यालयका ९०, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २०, प्रदेश २ का ३२,वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका ४१, प्रदेश ५ का ९ र सुदूरपश्चिम प्रदेशका एकजना सक्रिय संक्रमित प्रहरीको उपचार जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस