साउन २२, काठमाडौँ। हिजो १० जना थपिएसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको हो । यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।