• २०८३ जेष्ठ १ गते शुक्रवार

विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित प्रगती खाजा घरका संचालक बाजुरा बुढीगंगा नगरपालिका-९ घर भएका ३२ वर्षीय चक्र बहादुर रोकायालाई १ केजी अवैध लागूऔषध चरेश सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा लागूऔषध कारोबार हुन्छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खाजा खाने टेवलमा राखेको अवस्थामा ९ सय ग्राम र चक्र बहादुरको डेरा कोठाबाट थप १ सय ग्राम गरी उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित रजतजयन्ती चौकमा नियन्त्रित लागूऔषध ७ सय एम्पुल डाईजेपाम र ६ सय एम्पुल नुर्फिन सहित सोही महानगरपालिका-११ बस्ने २१ वर्षीय सुरज सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस