जनै पूर्णीमा अर्थात रक्षा बन्धनको दिन आज
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल,
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल ।

यस्तै यस्तै मन्त्र पढिएर जनै धारण गर्ने दिन । यहांहरु सबैमा शुभकामना १ धार्मिक मान्यतानुसार कुनैपनि भगवान या यस्तै धार्मिक आस्थासंग सम्बन्धितविषयमा मन लगाउने हो भने झुट र लुटको खेती समाप्त हुन्छ भन्छन । त्यसैले आजको रक्षाबन्धनले खासगरी यो राजनैतिक बृतमा अझ सरकारनिकट नेकपा र प्रतिपक्ष दल काङ्रेसको आन्तरिक झगडा पनि छिट्टै मिलोस शुभकामना !
अझ नेकपाको विवाद मिलाउन त प्रत्यक्ष दुर्गा देवी नै आउनुपर्ला जस्तो छ । किनकी असल राजनैतिक संस्कारको औषधि सेवन नगरेका पदलिप्सा र अरुको अगाडि प्रतिष्ठा प्रदर्सन गर्न बानी परेकाहरु कहिलै जनताको नेता र रास्ट्रको सेवक हुन सक्दैनन । किताबको पाना पल्टाउनै पर्दैन , व्ययवहारले प्रमाणित भैराखेकोले अबदेखि घैटोमा घाम र पखेरामा पानी पर्छ कि भन्ने आश गरौ अझै भर नपरौं । रक्षा बन्धनलरीस, राग, बिकार ,द्धोष र इष्यालाई बन्धनमा पारोस, खुशी, आत्मीयता र मित्रताको भावना उजागर होस ,सबैलाई शुभकामना !