• २०८३ जेष्ठ ६ गते बुधवार

दुर्गा प्रसाईं पक्राउ बारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्चको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा २४ घण्टाभित्र जवाफ दिन आदेश गरेको छ । न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ लिएर महान्यायाधिवक्ता कार्यालयमार्फत उपस्थित हुन आदेश दिएको हो । प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

सोमबार राति वीरगन्जबाट पक्राउ परेका प्रसाईलाई प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर अदालतबाट तीन दिनको म्याद थपेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस