१४ साउन,दाङ । निरन्तर वर्षाको कारण बुधबार बिहान तीन बजेतिर आएको पहिरोमा बंगलाचुली गाउँपालिकाको वडा नं। ५ देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्मा नेपालीको मृत्यु भएको दाङको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
