• २०८३ भाद्र २३ गते मङ्गलवार

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २३, झापा। झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका–२ बाट ४१.२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई आज नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफका १९ वर्षीय मोहमद फारुक र सोही ठेगानाका २५ वर्षीय चन्दनकुमार मण्डल रहेका छन् । उनीहरूको साथबाट प्रहरीले एक थान मोबाइल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान अघि बढाएको ब्यूरोले जनाएको छ ।                                                                                                        a

Sharing

प्रतिक्रिया दिनुहोस