साउन ७, काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । किर्ते मुद्धामा फरार हरि शरण महतलाई ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
मालपोत कार्यालय कलंकीको जाहेरीका आधारमा हरि शरण महतलाई अदालतले २ वर्ष कैद र ३७ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।