• २०८३ जेष्ठ ४ गते सोमवार

पुर्व राजाको जन्मदिनमा काठमाडौंमा र्‍याली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौँ । पुर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसर पारेर राजा समर्थकहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नारा जुलुससहित प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले राजा आउ, देश बचाउ भन्दै पुर्व राजा ज्ञानेन्द्रको फोटो सहित ब्यानर बोकि सडकमा निस्किएका थिए ।

आज पुर्व राजा ज्ञानेन्द्रको जन्मदिनको अवसर पारेर उनका समर्थकले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाउँदै विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । उपत्यकाको गोगंबु नयाँ बसपार्क, बसुन्धरा, महाराजगंज लगायतका ठाउँहरुमा नारा जुलुस निकालिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस