• २०८३ बैशाख २५ गते शुक्रवार

राष्ट्रिय विभूषणका लागि नयाँ मापदण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौँ । सरकारले राष्ट्रिय विभूषणका लागि नयाँ मापदण्ड लेरनएको छ । पहुँचका भरमा राष्ट्रिय विभूषण अब नपाइने गरि सरकारले त्यसमा मापदण्ड तयार पारेको हो ।

राष्ट्रपतिले संविधान दिवसका दिन राष्ट्रमा योगदान गरेवापत दिने विभूषणको संख्या २ सयमा झारिएको छ । अघिल्लो बर्ष पहुँच र सम्पर्कका आधारमा योगदान नै नगरेपछि ६ सय बढीलाई विभूषण प्रदान गरिएको थियो । गृह मन्त्रालयको प्रस्तावमा हरेक वर्ष दुई सय जनालाई मात्र विभूषण दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ । गृहको विभूषण शाखाकी उपसचिव बन्दना राईका अनुसार अब मानपदवी एक सय, अलंकार र पदक ५०र५० जनाले पाउनेछन् । साथै पदकको वर्गीकरण पनि हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस