• २०८३ जेष्ठ २६ गते मङ्गलवार

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, मकवानपुर । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३-०३-००१-ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्धामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस