• २०८३ असोज २६ गते सोमवार

सुन तोलाको आठ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर चार हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको चार हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस