• २०८३ असोज २५ गते आइतवार

मुगुमा हाल सम्म १३ जनाको सफल सल्यक्रिया

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, मुगु । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुमा एक दर्जन बढिको सफल सल्यक्रिया गरेको छ । जिल्ला अस्पताल मुगुमा चालु आर्थिक वर्ष ०७७-०७८ को श्रावण महिनाको पहिलो हप्ता देखि सुरुभएको प्रसुति सेवा शल्यक्रियामा हालसम्म १३ जना महिलाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

जिल्ला अस्पताल मुगुले श्रावण पहिलो हप्ता देखि प्रसुति शल्यक्रिया सुरु गरे पछि हालसम्म १३ जनाको शल्यक्रिया गरेको र २० जनालाई अस्पतालमा भर्ना गरि प्रसुति सेवा प्रदान गरेको सुचना अधिकारी परशुराम नेपालीले जानकारी दिए ।
जिल्ला अस्पताल विगतमा प्रसुति सेवा लिन आउनेले विशषज्ञ सेवा नपाउदा सुरक्षित रुपमा प्रसुति सेवा पाउन नसकेको अवस्थामा अहिले श्रावण पहिलो हप्तादेखि प्रसुति सेवाका लागि विशषज्ञ सेवा सुरु भएको सुचना अधिकारी नेपालीको भनाई छ । अहिलेसम्म जिल्ला अस्पतालबाट १ सय २४ जना महिलाले प्रसुति सेवा लिई सकेको जिल्ला अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस